यी फुटबल खेलाडीको चुम्बनले १४ वर्षीया किशोरी कोमामा

408

एक फुटबल खेलाडीले १४ वर्षीया किशोरीलाई यसरी चुम्बन गरे कि उनी अहिले कोमामा पुगेकी छिन् । वास्तवमा चुम्बनको क्रममा फुटबल खेलाडीको मुखबाट ‘एक्सटेसी ट्याब्लेट’ खसेर ती किशोरीको मुखभित्र पुगेको थियो ।

अब यी किशोरीकी आमाले आफ्नी छोरीको न्यायको गुहार गर्दै यी फुटबल खेलाडी जेलभित्र हुनुपर्ने माग राखेकी छिन् ।

मिरर डट कम का अनुसार हाइल्याण्ड लिग प्लेयर स्टिफन म्याकरिचीको यो गल्तीले यी किशोरीको ज्यान जोखिममा छ । उनको बाँच्ने चान्स ५० प्रतिशतमात्र छ ।

ती किशोरीकी आमा भन्छिन्, ‘मेरी छोरी ओछ्यान उचालिने पछारिने गरिरहेकी थिइन्, आफ्नो टाउको ठोकिरहेकी थिइन् । यो कुनै डरलाग्दो फिल्मको दृश्यजस्तै थियो । हामी उनलाई समातिरहेका थियौं र उनलाई बचाउने कोसिस गरिरहेका थियौं । उनी चिच्याइरहेकी छिन्, ‘मम्, मम्, मेरो मद्दत गर्नुहोस्, यसलाई रोक्नुहोस् ।’

उनी भन्छिन्, ‘उनको अनुहार यति धेरै सुन्निएको थियो कि उनी कुनै कार दुर्घटनामा परेकी छिन् ।’

ती किशोरीको यस्तो हालत देखेर डाक्टरहरुले उनलाई कोमामा पुर्याए । यो घटना एक हाउस पार्टीमा भएको थियो जब इनवरनेसकी २० वर्षीय म्याकरिचीले चुम्बन गर्ने क्रममा यी महिलाको मुखमा ‘निन्टेन्डो’ पिल दिएका थिए र ती किशोरीले त्यसलाई निलेकी थिइन् ।

Nintendo-605962

म्याकरिचीलाई यस महिनाको अन्त्यमा जेल हुनेछ । उनले गत हप्ता आफूले सन् २०१४ को जनवरी १ मा क्लास एको लागुपदार्थ ओसारपसार गरेको स्विकार गरेका थिए ।