जसले ४० वटा छुरी निले, तैपनि बाँचे

420

४२ वर्षीय जमाइल सिंह भारतको गुर्दासपुरस्थित द कर्पोरेट अस्पतालमा पेट दुखेको समस्या लिएर भर्ना भए ।
डाक्टरहरुले अन्य बिरामीलाई जस्तै सामान्य प्रश्न गरे र रुटिन चेकअप गरे । समान्य चेकजाँच गर्दा उनको रोग पत्ता नलागेपछि डाक्टरहरुले सिंहको अल्ट्रासाउण्ड गरे । अल्ट्रा साउण्डमा उनको पेटमा ठूल–ठूला ढिक्काहरु देखिए । तर, उनको डाक्टरहरुलाई पछिल्लो केही महिनामा ४० वटा छुरी निलेको कुरा भने भनेनन् ।

डाक्टरहरुले त्यसलाई क्यान्सर भएको अनुमान गरे । अनुमानलाई पुष्टि गर्न उनीहरुले ग्यास्ट्रोस्कोपी गर्नेे निर्णय गरे । जब डाक्टरहरुले सिंहको पेटमा इन्डोस्कोपिक क्यामेरा पुर्याए, उनीहरु हैरान भए । उनको पेटमा देखिएको ढिक्का त क्यान्सरको अवशेष नभएर छुराहरु पो रहेछन् ।

त्यसपछि मात्र डाक्टरहरुले सिंहलाई ‘झुक्केर कहिले छुराहरु निलेको हो ?’ भनेर सोधे । सिंहको जवाफ सुनेर डाक्टरहरु झन् अचम्ममा परे । उनले डाक्टरहरुलाई आफूलाई केही महिनादेखि छुरी खाने बानी लागेको र अहिलेसम्म आफूले २८ वटा छुरीहरु निलिसकेको बताए । डाक्टरहरुले तुरुन्तै उनको अप्रेशन गरे र उनको पेटबाट त्योभन्दा बढी ४० वटा छुरी निकाले ।

Jarnail-Singh-knives3-768x568
‘मैले मेरो जीवनमा देखेको यो सबैभन्दा अनौठो केस हो,’ डा. जितेन्द्र मल्होत्राले भने । उनसँगै रहेका डाक्टरहरुको टोलीलाई सिंहको पेटबाट ४० वटा छुरा निकाल्न ५ घण्टा लागेको थियो । धन्न अप्रेशन सफलतापूर्वक सम्पन्न भयो ।

किन छुरा खान मन लागेको त भन्ने प्रश्नमा उनले आफूलाई कार दुर्घटनापछि यस्तो बानी लागेको बताए । उनले आफूलाई छुरीको स्वाद यति मनपरेको कारणले अझै खान मनलाग्दै गएको बताए ।
सिंह केही दिनमा अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।