वर्षा राउत, नायिका

तेस्रो चलचित्र पनि सुपरहिट हुँदा कस्तो लागिरहेको छ ?
खुसी लाग्नु स्वभाविक हो ।

आफ्नो सफलताको जस कसलाई दिनुहुन्छ ?
मलाई साथ दिने सबैलाई अनि ‘नाइँ नभन्नु ल ४’, ‘छक्का पञ्जा’ र ‘जात्रा’ टिम तथा हेर्ने सबैलाई ।

यसरी ह्याट्रिक नै गरिन्छ जस्तो लागेको थियो ?
ह्याट्रिक नै गर्छु जस्तो त लागेको थिएन तर राम्रो टिम र सुहाउँदो भूमिका भए भाग्यले पनि साथ दिँदो रहेछ ।

अफर प्रशस्तै आइरहेका होलान् नि ?
आइरहेका त छन्, तर म भूमिका र टिम विचार गरेर मात्र काम गर्छु । तेस्रोपछि चौथो र पाँचौं चलचित्र पनि राम्रो होस् भन्ने चाहना छ ।

भनेपछि एकपछि अर्को सुपरहिट ?
चाहना त त्यही हो, तर हिट नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन, राम्रो चलचित्र दिने प्रयास सदा रहनेछ ।

कसको निर्देशनमा काम गर्ने रहर छ ? 
निश्चल बस्नेत, हेमराज बिसी तथा रामबाबु गुरुङ ।

पर्दामा कोसँग जोडी बनाउने रहर छ ? 
सौगात मल्ल, दयाहाङ राई अनि अनमोल केसी ।

Save