गायिका प्राश्ना पाण्डेलाई रातो नम्वरबाट फोन

550

रातो नम्वरबाट फोन आउँदा धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि एक गायिका प्रहरीसम्म पुग्नु परेको छ । पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन्।

उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् । केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यसप्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई सोधपुछका लागि बोलाएको हो ।

सिआईबीकी प्रवक्ता एसपी मीरा चौधरीले गायिका पाण्डेलाई सोधपुछका लागि बोलाएको बताइन् । ‘हामीले उहाँलाई  सोधपुछका लागि बोलाएका हौ, पक्राउ गरिएको होइन्,’ प्रवक्ता चौधरीले साप्ताहिकसँग  भनिन्, ‘यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

साप्ताहिकले यस विषयमा गायिका पाण्डेलाई सम्पर्क गर्दा उनले आफू यस विषयमा नबोल्ने भन्दैं फोन राखिदिइन् । ‘यस विषयमा मेरो केही बोल्नु छैन्,’ उनले भनिन् ।

मिडियामा मलाई पक्राउ गरिएको भनेर आएको समाचारप्रति खेद प्रकट गर्न चाहन्छु । प्रहरीको अनुरोधमा रातो नम्बरबाट कल के कारणले आएको भनेर मसहित अरू सोधपुछको लागी पुगेको खबर साँचो हो तर मलाई पक्राउ गरिएको भने होइन ।
कुनै एप्सको डाउनलोड भएर यो कल आउने निष्कर्षमा हामी पुग्यौं पनि । म अहिले सकुशल आफ्नै निवासमा रहेको पनि जानकारी गराउन चाहन्छु ।
रातो नम्बरको भ्रम फैलाउनु मेरो कुनै उद्देश्य नरहेको पनि स्पष्ट पार्न चाहन्छु । साथै रातो नम्बरबाट आउने कलबाट मान्छे मर्ने भनिएको खबर हल्ला मात्र भएको पनि जानकारी गराउँछौं । यसता अतिरंजित र भ्रामक अफ़वाह सिर्जना गरेर समाजलाई त्रासीद बनाउन खोज्ने जो कोहीलाई पनि यस्तो नगर्नुहुन अनुरोध गर्दछौं !

Save