एक मानिस र माछाबिचको २५ वर्षे पुरानो प्रेम कहानी

397

जपानाको चिबा प्रान्तमा अवस्थित ततेयामा बे, दुई अचम्मका साथीहरुको भेट्ने स्थल बनेको छ । स्थानीय गोताखोर हिरोयुकी अराकावा र योरिको नामको एसियाली सिपसेड र्यासबिच निकै बलियो सम्बन्ध स्थापित भएको छ । यी दुई विगत २५ वर्ष पहिले भेटेका थिए ।  त्यतिबेला देखि नै उनीहरु एकअर्कालाई बारम्बार भेटिरहन्छन् ।

आराकावाले विगत २५ वर्षदेखि तातेयामा बेको पानीमुनी रहेको ‘सिन्टो श्राइन’ को  रेखदेख गरिरहेका छन् । उक्त श्राइनलाई हेर्न इच्छा व्यक्त गर्नेका लागि उनी गाइड पनि हुन् । त्यतिबेला उनी एउटा माछासँग निकै नजिकिए । ती माछा पनि अराकावाले बोलाउने बित्तिकै जता भएपनि कुदेर आइपुग्छ । यसका लागि उनले एउटा फलामका भाँडोलाई हम्मरले हिर्काउनु पर्छ । उनीहरुको सम्बन्ध २५ वर्ष पुरानो हो । उनले आफ्नो माछालाई निकै मायालु नाम दिएका छन् – योरिको ।

स्थानीय गोताखोरीको पसल चलाइरहेका हिरोयुकीले योरिकोसँगको आफ्नो दोस्तीबारे फेसबुकमा दर्साउने गरेका छन् । उनीहरुको सम्बन्धले पर्यटकलाई निकै आकर्षित गरेको छ । पर्यटकहरु यी दुईको प्रेम हेर्नका लागि मात्रै पनि उनीसँग गोताखोरीमा जाने गर्दछन् ।